• मंसिर १० २०८१, सोमबार

कसले हान्यो चन्द्रमामा रहस्यमय रकेट ?

असार १४ २०७९, मंगलवार

काठमाडौं । चन्द्रमा एक रकेट ठोक्किदाँ दुई वटा खाल्डो बनेको छ । चार महिनाअघि रहस्यमय ढंगले सो रकेट चन्द्रमामा ठोक्किएको थियो ।

नासाको लुनर रिकन्सेन्स आर्बिटर (एलआरओ) ले खाल्डो त भेटे तर रकेटका टुक्रा कहाँ छन् त्यसबारे अत्तोपत्तो छैन । वैज्ञानिकका लागि अर्को एउटा समस्या पनि छ । साधारणतया एउटा रकेटको ठक्करले दुईवटा खाल्डो बन्दैनन् । तर त्यहाँ नजिकै दुई खाल्डो थिए । कुनै पनि वस्तुको ठक्करले एउटै ठाउँमा दुईवटा खाल्डो बन्न सक्दैन । यहि कुराले वैज्ञानिकलाई चकित पारिरहेको छ

बिल ग्रे यसबारे भन्छन्, ‘रकेटको दिशा र दशाको गणितले यो बताउँछ कि यो भर्टिकली १५ डिग्रीको एंगलबाट यात्रा गरेर ठोक्किएको होला । त्यसैले यसले दुईवटा खाल्डो बनाएको हुनसक्छ । एउटा खाल्डो पूर्व दिशामा जसको व्यास १८ मिटर छ, यो पश्चिमी खाल्डोमाथि बनेको छ । पश्चिमी खाल्डो १६ मिटर व्यासको हो ।’

चार अपोलो SIV-B क्रेटरहरू रूपरेखामा केही अनियमित थिए (अपोलोस 13, 14, 15, 17) र प्रत्येक डबल क्रेटरहरू भन्दा धेरै ठूलो (३५ मिटर भन्दा बढी, लगभग ३८ गज) थिए। मिस्ट्री रकेट बडीको डबल क्रेटरको अधिकतम चौडाइ (२९ मिटर, करिब ३१.७ गज) S-IVBs को नजिक थियो।

४ मार्च २०२२ मा एउटा रकेट बुस्टर चन्द्रमाको अँधेरो हिस्सासँग ठोक्किएको थियो । एलआरओले उक्त तस्बिर २५ मे सन् २०२२ मा लिएको थियो । तस्बिर वैज्ञानिकले फेला पार्दा उनीहरुले एकैपटक दुईवटा खाल्डो देखे । यो देखेर उनीहरु दङ्ग परे । खासमा के हो भने कुनै पनि एउटा चिजको ठक्करले एकै ठाउँमा मात्र खाल्डो बन्छ । पहिला नै त्यहाँ खाल्डो भएको पनि होइन, खासमा त्यो मैदानी इलाका थियो ।