• मंसिर ७ २०८१, शुक्रबार

धरानबासीलाई पानी खुवाउने मेयर हर्कको सपना पूरा हुँदै : कोशीबाट पानी ल्याउन डिपिआर

असार १४ २०७९, मंगलवार

काठमाडौं । सप्तकोशी नदीको पानी धरान पुर्‍याएर काकाकुल सहर धरानको तिर्खा मेटाउने लक्ष्यका साथ अध्ययन कार्य सुरु भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत कोशीका पानी धरान पुर्‍याउने गरि अध्ययन सुरु गरेको हो ।

सम्भाव्यता अध्ययनबाट कोशीको पानी धरान लैजान सम्भव देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सुरु गरिएको विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार डिपिआरको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट भारतीय परामर्शदाता कम्पनी इण्डिया वापकोस लिमिटेड छनौट भएको छ । साथै, नेपालको सिम्याट कम्पनी पनि परामर्शदाताकोरुपमा रहेको छ ।

सम्भाव्यता अध्ययन पहिला नै भइसकेको कारण अबको अध्ययन कति महंगो पर्छ भन्नेमा केन्द्रित हुनेछ भने वातावरणमा पर्ने प्रभावबारे पनि अध्ययन हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

‘सम्भाव्यता अध्ययन भइसकेको छ । अब कति महंगो पर्छ भन्ने मात्र हो,’उनले भने,‘वातावरणीय अध्ययन पनि गछौं । वातावरणमा के के प्रभाव पर्छ, त्यसलाई कम गर्न के गर्नुपर्छ भन्ने पनि अध्ययन हुँदैछ ।’ यो समाचार नागरिक दैनिकमा छ ।