काठमाडौं । इमाडोल जेसीज २०२२को आयोजनामा आन्तरीक पर्यटनलाई प्रबर्दन गरौ भन्ने सन्देश सहित हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । नेपालको आन्तरीक पर्यटनलाई संरक्षण र प्रवद्र्धन गर्दै अन्तराष्ट्रियस्तरमा चिनाउनकोलागि इमाडोल जेसीसले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको हो ।
अध्यक्ष इच्छा गुरुङका अनुसार जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालीका ३ पर्ने मार्बल डाडा हाइकिङ गन्तब्य रहेको बताइन् । उक्त कार्यक्रममा इमाडोल जेसीजका पदाधीकारीहरु, सदस्यहरु र विभिन्न व्यापारव्यवसायमा आवद्ध व्यक्तित्वहरुको सहभागीता रहेको उनको भनाई छ ।
हाइकिङ कार्यक्रम मार्फत स्वदेशको आन्तरिक पर्यटनलाई टेवा पुराउने उद्देश्यसंगसंगै प्रकृतिसंगको सामिप्यताले हरेक व्यक्तिको हृदयमा आन्तरिक शान्ति भाव बढाउन समेत मद्धत गर्ने इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष जेसी इच्छा गुरुङले बताइन् । स्थानिय स्तरमा भएका विभिन्न महत्वपूर्ण स्थलहरुमा आन्तरीक पर्यटक बढाउन समाजमा कार्यरत संघ संस्थाहरुले स्थानीय सरकारसँग मिलेर प्रचारप्रसारमा सहकार्य गर्न आवश्यक रहेको जोड दिर्दै जेसीसको उद्देश्य पनि राष्ट्र, समाज र जनतालाई यस्ता महत्वपूर्ण कार्यमा सहकार्य गराउने अध्यक्ष गुरुङले बताईन् ।
ललितपुरको गोदावरी बोटानिकल गार्डेनबाट मार्बल डाडा १ घण्टा हिडेर पुग्ने नेपालमा कुनै समय गोदावरी मार्बलको निकै रुचाइने मार्बलको रुपमा चिनिदै आएको जेसीज इमाडोलका महासचिव सुजन श्रेष्ठले बताए। उनले भने –वातावरणीय विविधतालाई असर गरेको भन्दै सर्वोच्च अदालतले गोदावरी मार्बल उद्योग बन्द थियो तर मार्वलको श्रोत मार्वल डाडा भने आर्कषक पर्यटकीय गन्तब्य बनेको छ । उनले नेपालको पर्यटन क्षेत्रलाई संरक्षण र प्रबद्र्धन गर्न राज्यले लगानि लगाउनु पर्ने बताए ।