• मंसिर १३ २०८१, बिहीबार

हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छः चुमनलाल दास

असार १३ २०७९, सोमबार

एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यक्ता रहेको बताए । उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदुषित देखिएको बताए । उनले तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको वागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदुषित पानी फेला परेको बताए ।

निर्देशक दासले कोटेश्वर र बल्खुको पानीको स्याम्पल लिइसकेको र परीक्षणका क्रममा रहेको बताउदै बुढानीलकण्ठ नगरपालिकाले महाशाखाको सहयोगमा गरेको परीक्षणमा पनि प्रदुषण फेला परेको बताए । उहाँले हैजा र झाडापखालाबाट बच्न नागरिक आफैँले सजग र शतर्क रहनुपर्ने आवश्यकमा जोड दिए । सरकारले यसको न्यूनिकरणका लागि आवश्यक काम गरिरहेको पनि बताए । उनले नागरिकले पानी उमालेर खाने, क्लोरिन, पियुष हालेर खाएमा पनि हैजबाट बच्न सकिने बताउदै यसका कतिपय लक्षण नदेखिने भएकोले सामान्य शंका लागेमा पनि स्वास्थ्य परीक्षण गराउन सुझाव दिए ।

निर्देशक दासले वागबजारमा देखिएको हैजाको केस गम्भीर प्रकृतिको रहेको बताउदै सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न पनि सुझाव दिए ।