• आश्विन १३ २०८१, आईतवार

कोकाकोला पिउनमात्र होइन, यी काममा पनि छ उपयोगी

असार १३ २०७९, सोमबार

हामीमध्ये अधिकांशलाई कोकाकोला अर्थात् कोन भनेको केवल चिसो पेय पदार्थ हो भन्ने मात्रै लागेको छ । तर यसको प्रयोग कवल गर्मीमा पिउनेमात्र नभई अन्य पनि छ । यसको उपयोगिताबारे पढ्नुहोस् :

१. तपाईको तरकारी होस् वा फुलबारी त्यहो विभिन्न किराले दुख दिइरहेको हुनसक्छ । यस्तोमा कोक स्प्रे गर्नुहोस् । यसको मिठो गन्धले किरालाई आकर्षित गर्छ र यसको यही गन्धले किरा मर्छ ।

तपाईंको गाडीको सिसा दिउँलगायत अन्य चिसोले मैलो भएको छ । भने कोकले भिजाएर एक मिनेट त्यत्तिकै छाडिदिनुहोस् । त्यसपछि सफा गर्नुहोस् । सिसा नयाँजस्तै चम्किलो हुनेछ । त्यस्तै लागेको गाडीमा लागेको दागलाईसमेत कोकले हटाउँछ । फलाममा लागेको खिया हटाउन पनि कोकको प्रयोग उचित हुन्छ ।

२. तपाईको किचेनको भाँडाकुँडा चिल्लो र कटकटिएको छ । भने चिन्ता नगर्नुहोस् । कोकले मस्काउनु होस् । कम मिहिनेतमै भाँडा सफा हुनेछ ।

३. कुनै मसिन वा अन्य बस्तुमा लगाइएको नटबोल्ट खोल्न गाह्रो पर्यो भने पनि कोकले भिजाउनु होस् । केही मिनेटपछि त्यस्ता नटबोल्ट सजिलै खुल्ने मात्र हैन सफा पनि हुनेछ ।

४. तपाईंले मन पराएको कपडालाई ग्रिज वा चिल्लोले बिगारेर लगाउन पाउनु भएको छैन वा रगतका टाटा छन् । त्यसो हो भने कोकले धुनुहोस्। तपाईको कपडाले नयाँ जीवन पाउनेछ ।

५. तपाईंको पर्किङ होस्। वा किचेन ,चिल्लोले फोहोर भएको छ भने कोकले राम्रोसँग भिजाएर केही समय राख्नुहोस् । र सफा कपडाले पुछनुहोस्। सफाई देखेर तपाई आफै छक्क पर्नु हुनेछ ।

६. कार इञ्जिन सफा राख्ने र त्यसको आयु बढाउन कोकले सफा गर्नु लभादयाक हुनेछ । कोक वितरकहरुले धेरै पहिलेदेखि यस्तो अनुभव बाँधिरहेका छन् ।

७. कोकले सरसफाइमात्र हैन तपाईको खानाको स्वादसमेत विशेष बनाउँछ। अझ मासु पकाउदै हुनुहुन्छ । भने कोक मिसाएर पकाए उत्तम हुनेछ । टमाटो केचपसँग कोकको सम्मिश्रणले खानाको स्वाद बेजोड बनाउँछ ।

८. तपाइ सिक्का संकलन गर्नुहुन्छ भने त्यो सफा पनि हुनु पर्छ । र सफाईको लागि कोकको विकल्प छैन ।

९. किचेन र फ्लोरमा टायल सफा गर्नु पर्यो भने कोकले केही समय भिजाएर पुछनुहोस्। सफा र चम्किलो दुवै हुनेछ ।