• आश्विन १३ २०८१, आईतवार

तपाईलाई धेरै रिस उठ्छ ? त्यसो भए आफूलाई शान्त बनाउन यि खानेकुरा खानुस्

असार १२ २०७९, आईतवार

काठमाडौं । के तपाईलाई रिस उठ्छ? पक्कै पनि उठ्छ । धेरैले रिस उठ्दा आफूले के गर्दैछु भन्ने पनि थाहा नपाउने स्थिति बन्छ । रिसले अरुलाई भन्दा आफैलाई धेरै हानी भइरहेको हुन्छ । रिस नियन्त्रण गर्न नसके आफूलाई हानी त गर्छ नै मस्तिष्कमा पनि असर गर्छ ।

रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ। त्यसो भए के खादाँ रिस कम गर्न सकिन्छ त ?

सुन्तला
सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ। यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ।

हरियो सागसब्जी
हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि निकै फाइदाजनक हुन्छ। हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ। सागसब्जीमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन्छ। त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खानुहोस्।

ओमेगा–३ पाइने खानेकुरा
डिप्रेसनसँग लड्न फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ। बदाम, काजू र पास्ता जस्ता चीज खान सकिन्छ, जसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ।

नरिवल
नरिवलले ग्लुकोजको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ। यसका साथै नरिवलको फाइबरले भोक कम गर्न पनि सहयोगी हुन्छ। यसको अतिरिक्त यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ।

भिटामिन ‘डी’युक्त खानेकुरा
आफ्नो भिटामिन ‘डी’को स्तर जाँच गर्नुपर्छ। यसको कमीले रिसलाई बढाउन सक्छ। भिटामिन डीको कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खान सकिन्छ। साथै, डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ। -एजेन्सीको सहयोगमा