• मंसिर १४ २०८१, शुक्रबार

ललितपुरमा सोमबारदेखि ठेलामा पानीपुरी बेच्न नपाइने

असार १२ २०७९, आईतवार

काठमाडौैं । काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले आइतबार दिनभरी ठेलामा पानीपुरी बेच्नेहरुलाई ‘यसो नगर’ भनेर सम्झाउने र सोमबारबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिए ।

पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।