• मंसिर ७ २०८१, शुक्रबार

विदेशमा नेपालीलाई करोडौं रुपैयाँ ठग्ने नेपाली नै, दुबई अदालतमा मुद्दा, नेपालमा ठग खोजीदिन आग्रह

असार १२ २०७९, आईतवार

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपियाँ ठगेका छन् ।

ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरेका छन् । दुबईको अल्कुजअलखेल गेटनजिकै मेस सञ्चालन गर्दैआएका तेह्रथुमका पदम पन्त र पाँचथरकी सम्झना कटुवालले दुबईमा राम्रो व्यवसाय गर्ने र सबैलाई साझेदार राख्ने भन्दै उनीहरूबाट करोडौं ठगेको आरोप पीडित पक्षको छ । फरक–फरक व्यक्तिबाट फरक–फरक समयमा रकम लिएको पीडितहरूको गुनासो छ ।

पैसा लिने दुवैजना सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा अहिलेसम्म उनीहरूबाट ठगिने १६ जना संगठित भई कारबाहीका लागि पहल गरिरहेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।