• मंसिर ७ २०८१, शुक्रबार

काठमाडौं उपत्यकाबासीले भान्साबाटै फोहोरको वर्गीकरण नगरे ५ सय जरिवाना

असार १२ २०७९, आईतवार

काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।

कामनपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामनपा वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ,हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं ।

अटेर गरे ठाउँको ठाउमा कारबाही गर्नेछौं । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।