• बैशाख ९ २०८२, मंगलवार

‘अधिवक्ता लाइसेन्स’को फारम खुल्यो (विज्ञापन सहित)

असार १० २०७९, शुक्रबार

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले ३०औं विशेष अधिवक्ता तहको लिखित परीक्षाको लागि फारम खुलाएको छ ।

परिषद्ले आज सूचना जारी गर्दै भोलि असार १५ गतेदेखि साउन १५ गतेसम्म फारम बुझाउन सकिने समयसीमा तोकेको छ ।

फारम भर्नको लागि दरखास्त फारमको लागि दुई सय रुपैयाँ र परीक्षा दस्तुरबापत चार हजार रुपैयाँ लाग्ने परिषद्को सूचनामा उल्लेख छ ।

यसअघिका परीक्षाहरुमा परीक्षादस्तुर बापत दुई हजार पाँच सय रुपैयाँ लाग्ने गरेकोमा यस वर्षको दस्तुर धेरै बढाएको हो । यस्तै कोभिडका कारण यस अघिका परीक्षा(२८ औं र २९ औं तह) एक दिनको हुने गरेकोमा अहिले कोभिड नियन्त्रण भइरहेको अवस्थामा पुनः ४ वटै परीक्षा हुने सूचनामा उल्लेख छ ।