काठमाडौं । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ ।
एउटा छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पुष्टि गरेसँगै न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन्।
म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको राजधानी ब्यूनस एरिजमा हृदयाघातका कारण निधन भएको थियो।
सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनको स्वास्थ्यमा सुधार भइरहेको थियो। उनको निधन भएको केही दिनपछि अर्जेन्टिनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए।