• मंसिर १२ २०८१, बुधबार

मन्त्री हेरफेरको निर्णय अलपत्र परेपछि अध्यक्ष नेपालमाथि समान्नित नेता झलनाथको प्रश्न- निर्णय कार्यान्वयन कहिले हुन्छ ?

असार ९ २०७९, बिहीबार

काठमाडौं । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय २० दिनसम्म कार्यान्वयनमा नआएपछि एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ ।

सम्मानित नेता झलनाथ खनालसहित पदाधिकारीले निर्णय कार्यान्वयन नभएकोमा अध्यक्ष माधव नेपालको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले प्रश्न गरे, मन्त्री हेरफेरको निर्णय अलपत्र पर्यो कार्यान्वयनमा ढिलाइ भयो, कहिले हुन्छ ?

पार्टी कार्यालय नयाँ बानेश्वरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

‘बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने गठबन्धनभित्र सहमति भएको हो, तर गरिएन,’ बैठकपछि उपाध्यक्ष जयन्ती राईले नयाँ पत्रिकासँग भनिन्, ‘बैठकले प्रधानमन्त्री र गठबन्धनभित्र छलफल गरेर निर्णय तत्काल कार्यान्वयन गराउने निष्कर्ष निकालेको छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।