काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाधक बनेका छन् ।
अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको बताएका हुन् ।
मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबाबमा परेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।