• मंसिर १३ २०८१, बिहीबार

बेलायत पठाउने स्वास्थ्य जनशक्तिमा पहिलो प्राथमिकतामा नर्स, कति पाउँछन् पारिश्रमिक ?

असार ७ २०७९, मंगलवार

काठमाडौं । बेलायतसँग नेपाल सरकारले शुरुमा नर्शहरुलाई श्रमिक भिसामा लैजाने मात्रै नभई हेल्थ वोर्कर्स/हेल्थ प्रोफेसनल्स पनि भनेर एमओयु बनाएर डाक्टर, एचए र ल्याब टेक्निसियनलाई पनि समेट्ने भएको छ ।

गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्धिपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै नेपाली नर्सलाई कामदार भिसामा ठाउन बेलायत सरकारसँग श्रम सम्झौता गर्ने बाटो खुलेको छ । नर्सहरुको पारिश्रमिक बेलायती निमय अनुसार हुने व्यवस्था गरिन लागेको छ । त्यसरी श्रम सम्झौता गर्दा नेपाली नर्सहरुले ४ लाख भन्दा बढी पारिश्रमिक पाउने छन् ।

श्रम मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालका अनुसार बेलायत पठाउने सूचीमा पहिलो चरणमा नर्सलाई प्राथमिकता दिइने छ । कामका लागि युके जान लाइसेन्स प्राप्त नर्सले इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस)मा ७ अंक प्राप्त गरेको हुनुपर्ने वा अकुपेसनल इंग्लिस टेस्टमा बी प्लस ल्याएको हुनुपर्ने मापदण्ड बनाइएको छ।

यस्तै, २ वर्ष नेपालमै काम गरेको अनुभव र ४५ वर्ष उमेर पुरा नभएका नर्सहरुले मात्र श्रमिक भिसामा युके जान पाउने मापदण्ड बनाइएको छ। बेलायतमा वर्किङ भिसामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न मापदण्ड तय गरिएको भुसालले बताए । ५ वर्षको अबधि पूरा भएपछि पुन नेपालमा आएर काम गर्नुपर्नेछ ।

श्रमिक भिसामा बेलायत पुगेका नेपाली नर्सहरुले त्यहाको नर्सिङ काउन्सिलबाट पनि लाइसेन्स लिनुपर्ने हुन्छ। लाइसेन्स परीक्षा उत्तिण नहुदासम्म नर्सहरुले असिस्टेन्टको रुपमा भने काम गर्न पाउनेछन्। यस्तै ४ पटकसम्म लाइसेन्स परीक्षा दिने व्यवस्था निःशुल्क हुने व्यवस्था मापदण्डमा छ ।

त्यस्तै डाक्टर, एचए, ल्याब टेक्निसियन पठाउनका लागि सम्झौता प्रस्ताव गरिन लागेको छ । नर्सहरुका लागि बेलायतबाटै प्रस्ताव आह्वान भएको भए पनि अन्य चिकित्सक र ल्याब टेक्निसियनको विषयमा भने अहिले नै निष्कर्श आइसकेको छैन ।