काठमाडौं । योगाभ्यासका लागि शरीरको विभिन्न जोर्नीलाई सक्रिय बनाउनका लागि शरीरको शिरदेखि पैतलासम्म अंगहरु चलाउँदै लैजाने गरिन्छ । विधिसम्मत रुपमा योगाभ्यास गर्दा सकारात्मक प्रभाव पनि पर्ने गर्छ । यस्तै ति मध्ये आँखाको पनि ज्योती बढाउनका लागि योगाभ्यास गर्ने गरिन्छ ।
कसरी गर्ने त आखाँको योगाभ्यास ?
यस्ता छन् विधि
– दुवै आँखालाई पूरा खुम्च्याएर बन्द गर्ने र हल्कासँग खोल्ने क्रिया, छिटो-छिटो पाँच पटक गर्नुहोस्।
– त्यसपछि टाउकोलाई स्थिर राखेर आँखाले सकेसम्म दायाँ र बायाँ पालैपालो हेर्नुहोस्।
– यो अभ्यास तीन तीनचोटि गर्नुहोस् ।
– टाउकोलाईस्थिर राखेर आँखाले सकेसम्म तल र माथि पालैपालोहेर्नुहोस्।
– यो अभ्यास पनि तीन तीनचोटि गर्नुहोस् ।
– टाउकोलाई स्थिर राखेर दुवै आँखालाई घडीको सुई घुम्ने दिशामा तीन पटक घुमाउनुहोस्।
– अब त्यसको विपरीत दिशामा त्यसरी नै तीन पटक घुमाउनुहोस् ।
– दुवै हत्केलालाई रगडेर तातो बनाई आँखामा हल्का स्पर्श गर्नुहोस् ।
फाइदा
यसको नियमित अभ्यासले आँखाको ज्योति बढाउँछ तथा यसका मांसपेशी र स्नायुहरूलाई स्वस्थ बनाउँछ। सावधानी: आँखा पाकेको अवस्थामा नगर्नुहोस् ।
(‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट)