• मंसिर ७ २०८१, शुक्रबार

सांसद आमाको छोरा स्वकीय सचिवको बेतिथि : जघन्य अपराधको आरोपमा जेल, जेलमै नासु सरह तलब भत्ता !

असार ७ २०७९, मंगलवार

काठमाडौं । प्रदेश १ का सांसद बिन्दिया कार्कीले राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारी (नासु)सरह सेवासुविधा पाउनेगरी छोरा रोबिन भनिने रविनसिंह कार्कीलाई स्वकीय सचिवमा नियुक्त गरेकी थिइन् ।

आमा सांसद भएको फाइदा उठाउँदै स्वकीय सचिव बनेका रोबिन सवारी ज्यान मुद्दामा जेल चलान भए । उनलाई मापसे गरी सवारी चलाएको ठहरसहित ६ महिना १५ दिनको जेल सजाय र दुई हजार जरिवाना भयो ।

प्रहरी हिरासतमै रहेर उनले स्वकीय सचिवले पाउने सरकारी सेवासुविधा (तलबभत्ता) बुझेका छन् । प्रदेशसभा सचिवालयले कार्कीलाई नियमित तलब भत्ता भुक्तानी गरेको छ ।

सांसद कार्कीका स्वकीय सचिव छोराले जेलजीवन बिताउँदा पनि तलब भत्ता कसरी बुझ्न सक्छन् ? प्रदेशसभा सचिवालयले किन जघन्य अपराधको प्रतिवादीलाई नियमित रूपमा तलबभत्ता दिएको होला ?

यी प्रश्नको एउटै जवाफ हो, स्वकीय सचिवको तलबभत्ता सबै सांसद आफैंले बुझ्छन् । बुझिरहेका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।