• फाल्गुन ४ २०८१, आईतवार

जसपा फुटाएर सत्ता ढाल्ने डा.बाबुराम भट्टराईको कसरत असफल

असार ७ २०७९, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र आन्तरिक कलह’ सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ‘दबदबा’ कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे ।

बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो ।

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो ।

उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेका थिए तर उनीहरू सफल भएनन् । यो समाचार नागरिक दैनिकमा छ ।