• मंसिर ७ २०८१, शुक्रबार

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

असार ६ २०७९, सोमबार

काठमाडौं । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिसकिएपछि अब खतरापूर्व सूचना आउने भएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिका क्षेत्रमा कार्यारम्भ गरिएको थियो ।

मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था अहिले परीक्षण गरिएको छ । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालका अनुसार ‘मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को सूचना प्राप्त गरी हुन सक्ने जोखिम र जनधनको क्षतिलाई कम गर्न यसले सहयोग गर्नेछ ।’

मेलम्चीले गत असारको विनासकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व सूचना प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।