• मंसिर १२ २०८१, बुधबार

विष्णु साक्षी भइदिँदा जन्मियो ‘माया बस्यो है’

असार ६ २०७९, सोमबार

काठमाडौं । मोडल साक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएलगत्तै चर्चामा आएको छ । त्यसै त प्रेमिल गीत, त्यसमाथि सजीव एक्टिङ !

प्रेमिल शैलीमा लालित्य भर्ने गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत आफैमा रहरलाग्दो छ । यो गीतले वृजेश श्रेष्ठको सङ्गीत पाएपछि बाँसको मुना झैं सल्बलाहट ल्याएर आएको छ ।

राज पोख्रेलले छायाङ्कन/भिडियो अनि त्यसमाथि विकास दाहालको सम्पादनले सुनमा सुगन्ध थपेको छ । त्यसमा समेटिएका गीत सबै प्रेमिल छन् ।

‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा…’ आदि बोलका गीतले म्युजिक भिडियोमा थप सजीवता छरेका छन् ।

अनुप चापागाईंको निर्देशनमा भिडियो तयार पारिएलगत्तै गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको यो गीत टिनेजरहरुको आकर्षणमा परेको छ ।

यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाइ छ’, ‘मिल्टेरीको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत सार्वजनिक भइसकेका थुप्रै गीतले पनि बजार पाइरहेका छन् ।