• मंसिर ७ २०८१, शुक्रबार

नेपालमा रहेका मदरसाबाट आफ्नाविरुद्ध आतङ्कवादी गतिविधि गरेको भारतको आरोप

असार ६ २०७९, सोमबार

काठमाडौं । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ ।

नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो ।

नेपाल भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो ।

बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए ।

भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।