काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य २१ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको हो । निगमले पेट्रोलको मूल्य २१ रुपैयाँको दरले बढाएको हो भने डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँको दरले बढाएको हो |
सोमबारबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु. १९२ कायम गरेको नेपाल आयल निगमले बताएको छ । साथै, एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।