काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय लोकल रक्सीलाई अन्तरराष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।
आइतबार ११औं नगर सभामार्फत् आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर शाहले यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाको सांस्कृतिक तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सी) लाई अन्तरराष्ट्रिय बजारमा समेत पुर्याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।