• मंसिर १२ २०८१, बुधबार

महिला टि २० मा नेपालको लगातार दोस्रो जित

असार ५ २०७९, आईतवार

काठमाडौं । नेपालले एसिसी महिला टि २० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् । कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल