काठमाडौं । बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ । विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ ।
खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गर्न विभागबाट अनुज्ञापत्र लिएर मात्र बजारमा बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सो कम्पनीले खाद्य विभागबाट सिधे नुन बजारमा बिक्री वितरण गर्नका लागि अनुज्ञापत्रसमेत नलिइएको पाइएको छ ।
अर्गानिक कम्पनी, हिमालयज पिक कम्पनीलगायतका कम्पनीले सिधे नुनलाई प्रशोधन र प्याकेजिङ गरी १ किलो नुनको २५२ देखि ३०० रुपैयाँ लिएर बिक्री वितरण गरी उपभोक्तालाई ठगिरहेका छन् । यो समाचार द नेपालटप दैनिकमा छ ।