काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् ।
ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।
२४ जना सुन्दरीलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् ।
कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना भएको हो । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।
यस्तै मिस नेपाल इन्टरनेसनलमा न्यान्सी खड्का र मिस नेपाल अर्थमा सारिसा श्रेष्ठ विजेता भएका छन् ।