नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी हुन नसक्ने स्पष्ट पारेको छ ।
शुक्रबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले एसपिपी स्वीकार नगर्ने बताए ।
समितिले अमेरिकालाई एसपिपीमा सहभागी नहुने जानकारीसहितको पत्र पठाउन सरकारलाई निर्देशन पनि दिएको छ ।
अमेरिकासँग सैन्य गठबन्धन गर्न लागेको भन्दै राजनीतिक, कूटनीतिकलगायत वृत्तबाट आलोचना भएपछि सरकारले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत साझेदारीमा सहभागी नहुने बताएको हो ।
समितिको बैठकमा उपस्थित प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपिपी स्वीकार नगर्ने बताए । सत्तागठबन्धनमा रहेका दलहरूले कुनै पनि हालतमा एसपिपीमा सहभागी हुन नसकिने बताएका छन् ।
तर, विगतमा भएका पत्राचारलाई लिएर राजनीतिक नेतृत्वबीच भने आरोप–प्रत्यारोप जारी छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।