• बैशाख ९ २०८२, मंगलवार

प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रिय कानुनी विद्यार्थी सम्मेलनको आयोजना

असार ३ २०७९, शुक्रबार

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले निष्पक्ष न्यायका लागि ललितपुरमा राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन आयोजना गरेकाे छ ।

शुक्रबार ललितपुरकाे नेशनल ल कलेजमा आयोजना गरिएकाे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनमा प्रमुख अतिथि नेपाल प्रहरीका एआईजी उत्तमराज सुवेदि र नेपाल ल क्याम्पसका सहायक डिन ज्ञानेश्वर पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेर दुई दिने राष्ट्रिय सम्मेलन प्रारम्भ भएको हाे ।

देशैभरका विभिन्न ल कलेजमा अध्ययनरत विद्यार्थीहरूकाे उपस्थितिमा ल अध्ययनरत विद्यार्थीहरूलाई समाज र राष्ट्रमा न्यायिक सुव्यवस्था ठिक गर्न ल पढने विद्यार्थीकाे भूमिकाकाे विषयमा गहन छलफल गर्ने र विद्यार्थी परिषद्काे कार्यबारे प्रष्ट पार्ने उदेश्यले सो सम्मेलन आयोजना गरिएको थियो ।

दुई दिने सम्मेलनमा प्रमुख अतिथिमा एआईजी उत्तमराज सुवेदी , नेपाल ल क्याम्पसका सहायक डिन ज्ञानेश्वर पराजुली , भारतकाे उदयपुर विश्वविद्यालय कानुन संकायका डिन आन्नद पालिवल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने , राष्ट्रिय कानुन कार्य प्रमुख मिलन अधिकारी, मिडिया प्रमुख कृष्ण हुमागाई, राष्ट्रिय सचिव नारायण तिमल्सिना लगायत देशभरबाट ल अध्ययरत ५० जना भन्दा बढी विद्यार्थीहरूकाे उपस्थिति रहेकाे छ ।

असार ३ र ४ गते संचालन हुने सम्मेलनमा विद्यार्थी परिषद्काे राष्ट्रिय कानुन टाेली निर्माण हुने र त्यसबाट आगामी कार्ययोजनाहरू तय हुने विद्यार्थी परिषद्ले जनाएको छ ।