• फाल्गुन २६ २०८२, मंगलवार

मक्कीलाई आतंककारी घोषणा गर्ने अमेरिका र भारतको प्रस्ताव चीनले गरिदियो खारेज, को हुन् मक्की ?

असार ३ २०७९, शुक्रबार

काठमाडौं । चरमपन्थी संगठन लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘विश्व आतंककारी’ घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले झट्का दिएको छ ।

भारत–अमेरिकाको यो संयुक्त प्रस्तावलाई चीनले रोकेको हो । जुन १ मा भारत र अमेरिकाले संयुक्त रुपमा मक्कीको नाम साझा गरेका थिए ।

मक्की लश्कर–तैयबाका संस्थापक हाफिज सईदका निकट नातेदार हुन् । मक्कीलाई दुवै देशको घरेलु कानुनअनुसार अतिवादी घोषित गरिएको छ ।

यसबाहेक अमेरिकाले उनीमाथि २० लाख भारुको इनामसमेत घोषणा गरेको छ । जुन १६ मा चीनले यस प्रस्तावमाथि प्राविधिक प्रतिबन्ध लगाएको थियो ।

भारत र अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषदको १२६७ आईएसआईएल र अलकायदा प्रतिबन्ध समिति अन्तर्गत मक्कीलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न संयुक्त प्रस्ताव पेश गरेको थियो तर चीनले उक्त प्रस्तावलाई रोकेको छ ।