• मंसिर १२ २०८१, बुधबार

वसन्तपुरमा अनसनरत निहारिकालाई करिश्माले भनिन् -‘बच्चा लिएर घर आऊ,म छु’

असार २ २०७९, बिहीबार

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले बसन्तपुरमा अनसनरत निहारिका राजपुत र उनको छोरालाई आफ्नो घर ल्याउन चाहेको बताएकी छिन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन्।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ। बच्चा लिएर घर आऊ। म छु।’

निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको उनले बताएकी छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पाँच बुँदे माग राख्दै संघीय राजधानीको वसन्तपुर दरबार क्षेत्रमा अनसनरत छिन् ।