• मंसिर १४ २०८१, शुक्रबार

भारतबाट फेरि इन्धनको मूल्य बढेर आयो (सूचीसहित)

असार २ २०७९, बिहीबार

काठमाडौं । भारतबाट फेरि इन्धनको मूल्य बढेर आएको छ ।   इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।

नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा प्रति लिटर ६.५२, डिजेलमा १९.०३ र हवाई इन्धनमा १९.१९ रुपैयाँ बढेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यस्तै मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको भनाइ अनुसार यो हालसम्मै उच्च मूल्य रहेको छ ।  नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।