• मंसिर १४ २०८१, शुक्रबार

अर्थमन्त्रीले दिए बजेट बारे उठेका प्रश्नको जवाफ, एमाले सांसदले गरे संसद बैठक बहिष्कार

असार २ २०७९, बिहीबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बनाउँदा कायम गरिएका राजश्वका दर हेरफेर आवश्यक प्रक्रिया अनुसार नै गरिएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन छ । र, सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् ।

‘राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूणर् जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’

तर अर्थमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै एमाले सांसदहरुले आजको संसद बैठक बहिष्कार गरेका छन् ।