वीरेन्द्रनगर । सुर्खेतका स्थानीय बासिन्दाले विद्युतबाट कहिले बढी र कहिले कमजोर भोल्टेज आउने गरेकोले धेरैका घरमा बत्ती, पंखा, फ्रिज, मोटर र मेसिन जस्ता सामग्रीहरु जलेर बिग्रेको गुनासो गरेका छन् । यतातिर सरकारको ध्यान जावस् भन्ने उनीहरुको गुनासो रहेको छ ।
‘अनावश्यकरुपमा यति धेरै धेरै सामानको क्षति भएको छ, समान क्षतिपूर्ती कस्ले दिने हो ?’ भन्दै उनीहरुले विद्युत प्राधिकरणलाई प्रश्न गरिरहेका छन् । यस्ता प्रश्न गर्दा पहिले पहिले विद्युत प्राधिकरणका कर्मचारीले ‘१३२ केबीको प्रसारण लाइन भएको र विद्युतको भार धेरै भएकोले बेलाबेलामा एमसीपी झर्छ, भन्ने जवाफ दिने गर्थे ।
तर अहिले भने उनीहरुले दिने जवाफमा नयाँ तरिका अपनाइएको छ । विद्युत प्राधिकणका कर्मचारीले अहिले वनका रुखहरू ठूला भएकोले बत्ति जाने गरेको बताउने गर्दछन् ।
‘निकुञ्ज भित्रका १३१३७ रुख काट्नु पर्ने रहेछ तर यसको प्रकृया भने अलि झन्झट छ ।
वन कार्यालयदेखि वन मन्त्रालयबाट समेत अनुमति लिनु पर्ने रहेछ । पहिला १३१३७८१० देखि १३१३७० वटा रुख रोप्नुहोस्, म हेर्न आउँछु अनि बल्ल स्वीकृति दिन्छु भन्नु भयो’, माननीय वनमन्त्री रामसहाय प्रसाद यादवले भनेको कुरालाई स्मरण गर्दै एक स्थानीयले भने ।
सुर्खेतमा हाल महिनाको ५००–८०० रुपैयाँसम्म बत्तीको बिल आउने एकजना महिलाको घरमा ३ महिनाको १६,००० रुपैयाँ बिल आउँदा आत्तिने अवस्था भएको छ । बत्ती नियमितरुपमा न आउने तर कसरी मिटरमा त्यत्रो बिल आयो ? भन्ने प्रश्न विद्युत अकार्यालयमा गर्दा ‘कि त मिटर बिग्रेको होला, कि भने करेन्ट चुहावट भएको हुनसक्छ’ भन्ने आशंका व्यक्त गरियो ।
अनावश्यकरुपमा आएको यत्रो बिल गरीबले कसरी तिर्छन् ? यस्तो किन र कसरी हुन्छ ? अब पनि यस्ता समस्याको हल छिटो नभए युवाहरुले राज्य विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
प्रदेशकै राजधानी सुर्खेत बजारमै यस्तो समस्या छ भने दूरदराज गाँउमा के भएको होला र कस्ता समस्याहरु होलन् ? यसका बारेमा सम्बन्धी निकाय र सरोकारवालाको ध्यान चाँडै जहोस् ।