• फाल्गुन २६ २०८२, मंगलवार

वायु प्रदुषणका कारण मानिसको आयु १० वर्ष छोटिँदै

असार १ २०७९, बुधबार

काठमाडौँ । वायु प्रदूषणको कारण मानिसको आयु १० वर्ष छोटिने एक अनुसन्धानले देखाएको छ।

भारतका १ अर्ब ३० करोड मानिसहरु डब्ल्यूएचओको मापदण्डभन्दा धेरै वायु प्रदूषण भएको स्थानमा बसोवास गर्छन् । वायु प्रदूषणको कारण भारतमा वार्षिक रुपमा धेरै मानिसको मृत्यु हुने गरेको छ।

अमेरिकी शोधकर्ता कम्पनी इपिकले गरेको अनुसन्धानले यस्तो देखाएको हो। अनुसन्धानका अनुसार समग्र भारतमा पनि अहिलेको प्रदूषणमा मानिसहरुको औसत आयु पनि पाँच वर्षभन्दा धरैले घट्न सक्ने देखाएको छ।

भारतको ४० प्रतिशत जनसंख्याको बसोवास रहेको उत्तरी क्षेत्रका मानिसको आयु औसतमा ७.६ वर्षले घटिरहेको छ । भारतले डब्ल्यूएचओको मापदण्डभन्दा आठगुणा बढी प्रदूषणसम्मलाई जीवनयापनको लागि उपयुक्त रहेको बताएको छ ।