काठमाडौं । देशका सातै प्रदेशले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।
संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले आज (बुुधबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक प्रावधान छ ।
यद्यपि प्रदेश सरकारले नीति तथा कार्यक्रम भने यसअघि नै ल्याइसकेका छन् ।
प्रदेश सरकारले आआफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् ।
विशेष गरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना जस्ता विषयगत शीर्षकमा प्राथमिकता दिएका छन् ।
सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।