काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् । केही समयअघि हेलिकप्टर मार्फत सगरमाथा आधार शिविरमा गएर प्रपोज गरेको तस्बीर सार्वजनिक गरेका थिए ।