काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ कायम भएको महासंघले जनाएको छ ।