• चैत्र २५ २०८१, मंगलवार

प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि

जेष्ठ ३१ २०७९, मंगलवार
काठमाडौं । नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ ।
दुई कम्पनी कारोबारमा आएका छन् ।
जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।

बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो ।

मंगलबार नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ ।

यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।