• फाल्गुन २६ २०८२, मंगलवार

अन्तरजातीय बिहे गरेको भन्दै नवविवाहित जोडीको हत्या

जेष्ठ ३१ २०७९, मंगलवार

एजेन्सी । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ ।

राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ ।

प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् ।

पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।

हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।