• मंसिर १२ २०८१, बुधबार

भारतीय यी हट मोडललाई देख्दा किन हुन्छन् धेरै चकित ?

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । विश्वभर भर्चुअल इन्फ्लुएन्सरको बढ्दो संख्याको बीचमा भारतीय इन्फ्लुएन्सर प्रवेश गरेकी छिन् । भर्चुअल इन्फ्लुएन्सरका रूपमा परिचित कायराले इन्स्टाग्राममा १ लाख फलोअर्स पूरा गर्न लागेकी छिन् । कायराको तस्बिर र रिललाई मानिसहरुले निकै रुचाएका छन् ।

कहिले काइरा ब्रेकफास्टको मजा लिइरहेको देखिन्छिन्, त कहिले जयपुरको हवा महल अगाडि पोज दिइरहेको देखिन्छ । योगादेखि फोटोसुट र पूलमा चिलिङसम्म उनका रिल भाइरल भइरहेका छन् । कायरालाई धेरैले वास्तविक व्यक्ति ठान्छन्।

काइरालाई टपसोसल इण्डियाद्वारा बनाइएको हो। यो अवतारलाई भारतको पहिलो मेटा-इन्फ्लुएन्सरको रूपमा चिनिन्छ। उनलाई मेटाभर्स (एक भर्चुअल संसार) को लागि बनाइएको हो। कायराको इन्स्टाग्राम प्रोफाइलका अनुसार उनी सपना चेजर, मोडल र यात्री हुन्।

एजेन्सीको सहयोगमा