• मंसिर १४ २०८१, शुक्रबार

संसद् बैठक जारी : बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिँदै (हेर्नुहोस् लाइभ)

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । संसद् बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिला सुरु भएको छ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिँदैछन् ।

संसद् सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ संसदमा प्रस्तुत गरेको थियो ।

हेर्नुहोस् लाइभ :