एजेन्सी । उत्तर कोरियाले हिजो (आइतबार) स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म मिसाइल प्रहार गरेको छ ।
किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्टै शृंखलाबद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तरको मिसाइल प्रहारबारे दक्षिण कारिया जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन् ।
तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ ।
उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ ।
गत साता भएको वर्कस पार्टी बैठकमा किमले उत्तर कोरियाको सार्वभौम अधिकारको रक्षा गर्न देशको सैन्य शक्ति र रक्षा अनुसन्धानलाई प्रबद्र्धन गर्नुपर्ने बताएका थिए ।
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर दक्षिण कोरियाले उमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ ।