काठमाडौं । पालुङटार-९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए ।
मोहियाको साँधसीमा छुट्याए । एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए । तारजाली लगाएर छेकबार गरे ।
यति गर्दा १ लाख रुपैयाँ खर्च भयो । मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे । रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो ।
खेत फेरि बगर पल्ट्यो । फेरि हिउँदभर बगरलाई खेत बनाए । रोपाइँको तयारी थियो । तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।