• असार १८ २०८१, सोमबार

सिद्धार्थ गौतमबाट सिकौं

जेष्ठ २९ २०७९, आईतवार

सिद्धार्थ मानिसको भिन्न स्वरूप रोगी, मृत, वृद्ध, देखेर चिन्तित हुन थाले त्यसपछि उनको घरमा हल्ला खल्ला मच्चिन सुरू भयो । उनको बुबा शुद्धोदन छोरा सिद्धार्थ अब साधु बन्ने भयो भनेर पिर लिँदै छोराको विहे गरिदिने निधो गरे ।

उनको छिमेकी राज्य कोलियकी सुन्दर कन्या यशोधरासँग भव्यताका साथ विवाह भयो । उनीबाट एउटा छोरा राहुल जन्मिए । तर बुद्धमा राजसुखको चाहना बढ्न सकेन ।

उनी उनको पारिवारिक जीवनदेखि सन्तुष्ट हुन सकेनन् । रोगी, मृत्यु, बृद्ध र सन्यासीको दृश्यले उनमा झन् विरक्ति बढ्न थाल्यो । फलस्वरूप आफ्नो छोरो जन्मेको दिनमा नै २९ वर्षको उमेरमा उनी रातको समयमा दरबारबाट भागेर ज्ञानको खोजमा हिँडे ।

त्यसपछि उनी साँचो रूपमा दुःख पाएका जनताको पक्षमा आफ्नो जीवनको समर्पण गरेको पुष्टि हुन्छ । दरबारको सुख सयललाई बिर्सेर जब उनी दरवार छोडेर ज्ञानको खोजीमा हिंडे, त्यसपछि उनको कष्टमय जीवनको सुरू भयो ।

उनी मगधराज्य अन्तर्गत उर्बेला भन्ने बोधगया नजिकै ६ वर्षसम्म कठोर तपस्या, योग तथा अनसन आरम्भ गर्न थाले । तर ज्ञान प्राप्त भएन, अन्न जल ग्रहण गरे ।

त्यसपछि बोधिवृक्षको फेदमा पुनः तपस्यामा बसे । ज्ञान प्राप्त नहुँदासम्म त्यहाँबाट नउठ्ने निश्चय गरे, थुप्रै विघ्नबाधा आए । तर विचलित भएन्न र अन्नतः ३५ वर्षको उमेरमा ज्ञान प्राप्त भयो ।

ज्ञानी गौतम अनि आफ्नो ज्ञान बाँड्दै विभिन्न ठाउँमा हिँडे । यहाँनेर स्पष्ट हुनु पर्ने कुरा के छ भने गौतमको कर्मथलो भारत भएपनि जन्मथलो भने नेपाल नै हो । बुद्धको जन्मथलो भारत भन्ने केही भारतीयको भनाइ गलत हो ।

ज्ञान पाएपछि उनी बनारसको सारनाथ गई ज्ञान बाँड्न थाले । उनका अनुयायीहरू पनि बढ्न थाले । जताततै उनको ज्ञानगुनका कुराको चर्चा हुनथाल्यो ।

उनले देवताको अस्तित्व अस्वीकार गरे, वर्ण व्यवस्था र जातिय उचनिचको भावना हटाउने क्रान्तिकारी कामको थालनी गरे । यसरी ४५ वर्ष भारतका विभिन्न ठाउँमा गई उपदेश दिए ।

यस क्रममा एक पटक आफ्ना पिता मरेको खबर पाई कपिलबस्तु पनि आएका थिए । बुद्ध त्यसबेलाको समयका एक क्रान्तिकारी विचारक थिए । आफ्नो राजसुखलाई त्यागेर उनले मानव शान्तिको मार्ग पहिल्याउने काम गरे ।

फलस्वरूप उनको धर्म आज नेपाल बाहेक भारत, चीन, जापान, थाइल्याण्ड, बर्मा, भुटान, श्रीलंका आदि थुपै्र देशमा फैलिएको छ । उनी नयाँ पुराना कुरालाई आँखा चिम्लेर स्वीकार नगरी विवेकको प्रयोग गर्नमा जोड दिन्थे र व्यवहारिक अनुभवको कसीमा घाटेर हेर्नु पर्दछ भन्थे ।

यस्ता महान् भगवान् तथा दार्शनिक गौतम बुद्ध आज हाम्रो सामु छैनन् । उनले त ८० वर्षमा उमेरमा सन् ६४१ मा आफ्नो प्राण त्यागेका थिए ।

तर पनि उनले छोडेर जानु भएको ज्ञानका कुरा हाम्रो सामु ताजै छ । उनको ज्ञानलाई विश्वभरिका करोडौं मानिसहरूले आफ्नो जीवनपथको सिद्धान्त बनाएका छन् ।

विश्वमा उनका ठूलठूला मूर्तिहरू निर्माण गरिएको छ । विश्वभरिका बौद्ध धर्मावलम्बीहरू आफ्नो भगवान् गौतमबुद्धलाई अत्यन्तै सम्मान गर्दछन् । नेपालमा जन्मेर विश्वभरि ज्ञानको ज्योति दिन सफल गौतम बुद्धका कारण हामी नेपाली पनि विश्वभरि गर्वका साथ चिनिन पाएका छौँ ।

विश्वमा आज धेरै धर्महरू छन् तर बुद्ध धर्मको पनि आफ्नै छुट्टै स्थान छ । आज हामीले बुद्ध धर्मको मूल मर्म शान्ति र सुखको मार्गलाई जो कसैले पनि मनन् गर्न सक्दछौं र आफ्नो जीवनलाई सफल जीवन बनाउन सक्दछौं ।

मिलन आफन्त, काठमाडौं