• मंसिर ७ २०८१, शुक्रबार

नाबालिका बलात्कारको हकमा हदम्याद बढाउने तयारीमा सरकार

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हदम्याद सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो ।

आठ वर्ष पूरानो १६ वर्षे किशोरी बलात्कारको घटना बाहिरिएपछि कानुनमा भएको हदम्यादका कारण उजुरी दिन नसकेपछि हदम्याद बढाउनुपर्ने माग उठेको थियो ।

कानुन आयोगले ऐनमा नाबालिग उमेर तोकेको (१८ वर्ष) भन्दा कमका बालिकाको हकमा हदम्याद बढाउन उपयुक्त हुने सिफारिस गर्ने तयारीमा छ । यो समाचार नागरिक दैनिकमा छ ।