• फाल्गुन २६ २०८२, मंगलवार

मोबाइलमा गेम खेल्न नदिएको झोंकमा ओमले गरे आत्महत्या

जेष्ठ २८ २०७९, शनिबार

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोंकमा आत्महत्या गरेका छन् ।

१६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि लेखेको पाइएको छ ।

सुसाइड नोटमा मृतकले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् । सोही नोटमा उनले आत्महत्या गर्न गएको, अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् ।

बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झ्इिन् ।

ती किशोरको शव मलाड र कांदिवली स्टेशनको बीचमा फेला परेको छ । साँझपख आमा घर बाहिर निस्किँदा बालक मर्ने मनसायले निस्किएको कुरा आमा घर फर्किंदा उनले छोराले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् ।

सुसाइड नोट पाएपछि लगतै परिवारले परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ । एजेन्सी ।