• मंसिर १४ २०८१, शुक्रबार

यसरी तात्यो पुँजी बजार

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले सेयर बजारमा सुधारका लागि संघर्षको सुरुआत गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार काठमाडौं बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारले पूँजीबजारप्रति बेवास्ता गरेका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको भन्दै लगानीकर्ताले सेयर धितोमा लगाइएको सीमा परिवर्तनको माग गरेका छन् । हाल सरकारले शेयर बजारमा ४ करोड र १२ करोडको सीमा कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ । यसलाई लचिलो बनाउनु पर्ने भन्दै सेयर लगानीकर्ताले विरोध प्रदर्शन गर्न थालेका हुन् ।

१५ जेठमा सरकारले घोषणा गरेको बजेटले सेयर बजारलाई प्रत्यक्ष लाभ हुने गरी सम्बोधन हुन नसक्दा त्यसयता हरेक दिन बजार घटिरहेको छ । बुधबार केही सम्हालिएको सेयर बजार बिहीबार र शुक्रबार लगातार ओरालो लागिरहेको छ ।