• मंसिर ७ २०८१, शुक्रबार

एमाले भित्रको रमिता : ओलीको आलोचना गरेका नेता घनश्याममाथि कारबाहीको डन्डा, बलात्कार अभियुक्त सांसद निर्धक्क संसद्‍मा

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । यौनहिंसासम्बन्धी उजुरीको हदम्याद हटाउनुपर्ने विषयमा सडकदेखि संसद्सम्म गम्भीर बहस चलिरहँदा बलात्कार आरोप लागेका एक सांसद भने मुद्दाको टुंगो नलाग्दै निसंकोच संसद्का सबै कारबाहीमा उपस्थित छन् ।

आफूलाई होटलमा बोलाएर जबर्जस्ती करणी गरेको आरोपसहित जुम्लाकी ४० वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएपछि सांसद मोहन बानियाँ पक्राउ परेका थिए ।

सात दिन प्रहरी हिरासत बसेका उनलाई बाँके जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो । त्यसयता उनले संसद्का बहसमा भाग लिँदै आएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।