• मंसिर १४ २०८१, शुक्रबार

चित्तबुझ्दो जवाफ नदिएपछि वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं ।  आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको बैठकले निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै  पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिए ।