• फाल्गुन २६ २०८२, मंगलवार

भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु

जेष्ठ २३ २०७९, सोमबार

याँ दिल्ली, २३ भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।