• मंसिर ७ २०८१, शुक्रबार

निर्णय फिर्ता लियो उड्डयन प्राधिकरणले, अब उडानका लागि मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ । प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो ।

प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो ।

१५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो । उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय प्राधिकरणले गरेको थियो ।

तर जल तथा मौसम विज्ञान विभागले इनकटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो । यो समाचार कारोबार दैनिकमा छ ।